विदेश

मोदीको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण पनि भुटान

मोदीको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण पनि भुटान


एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि भुटान पुग्नुभएको छ । आफू प्रधानमन्त्री हुँदा पहिलो भ्रमण भुटानबाट सुरु गर्नुभएका मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनुभएपछि पनि पहिलो भ्रमण भुटानबाटै सुरु गर्नुभएको हो ।

भारतीय प्रधानमन्त्री मोदीलाई भुटानस्थित पारो इन्टरनेशनल एअरपोर्टमा भुटानी प्रधानमन्त्री डा. लोटे छिरिङसहितले स्वागत गर्नुभएको थियो ।

उहाँलाई विमानस्थलमा गार्ड अफ अनर प्रदान गरिएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे सिंगे वाङचुकसँग भेटवार्ता गर्ने र भुटानको रोयल युनिभर्सिटीमा सम्बोधन गर्ने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन एक बौद्ध गुम्बाले गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।  

तस्वीरहरु : मोदीको ट्विटरबाट 

नरेन्द्र मोदी भुटान भारतीय प्रधानमन्त्री

विशेष