विदेश

अफगानिस्तानमा वैवाहिक समारोहमा बम विष्फोट, ६३ जना मारिए 

अफगानिस्तानमा वैवाहिक समारोहमा बम विष्फोट, ६३ जना मारिए 


एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा ६३ जनाको निधन भएको छ । एउटा विवाह समारोहमा भएको शक्तिशाली बम विस्फोटमा परी ६३ जनाको ज्यान गएको छ भने अन्य एक सय ८० जनाभन्दा बढी घाइते भएका छन् ।


आत्मघाती बम हमलाकारीले विवाह समारोहमा विस्फोट गराएको बताइएको छ । विस्फोटपछि धेरै मानिस हताहत भएको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय समयअनुसार राति १० बजेर ४० मिनेटमा काबुलको पश्चिम भागमा रहेको शिया मुस्लिम बहुल क्षेत्रमा विस्फोट भएको थियो।

तालिबान, इस्लामिक स्टेट समूह र सुन्नी मुस्लिम विद्रोहीहरूले अफगानिस्तान र पाकिस्तानमा रहेका शिया हजारा अल्पसंख्यकहरूलाई बारम्बार निसाना बनाउने गरेका छन्।

विशेष