शालिकराम पत्नीबाट रवि लामिछानेविरुद्ध किटानी जाहेरी

शालिकराम पत्नीबाट रवि लामिछानेविरुद्ध किटानी जाहेरी


काठमाडौँ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका पत्रकार रवि लामिछानेविरुद्ध किटानी जाहेरी परेको छ । सिधा कुरा जनतासँग कार्यक्रमका सञ्चालक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध शालिकरामकी श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दिएकी हुन् ।

आत्महत्या दुरुत्साहनमा तीनै जनाविरूद्ध हदैसम्मको कारबाही माग्दै उनले जाहेरी दिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।उनको जाहेरी रुजु गरेर जिल्ला प्रहरी कार्यालय चितवन पठाईएको परिसरले जनाएको छ ।

पतिको तेह्र दिनको काजकिरिया सकेपछि आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर उनले जाहेरी दिएकी हुन् ।


जिल्ला प्रहरी कार्यालय चितवनले अहिले लामिछानेसहित तीनै जनाविरूद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धान गरिरहेको छ । 

शालिकराम पुडासैनी आत्महत्या प्रकरण रवि लामिछाने

संम्बधित खबर

विशेष