कोशीपीडितद्वारा सप्तकोशीको पुलमा नाराजुलुस, १३ जनाले सुरु गरे रिले अनशन

- राजु शर्मा

कोशीपीडितद्वारा सप्तकोशीको पुलमा नाराजुलुस, १३ जनाले सुरु गरे रिले अनशन

सप्तरी : कोशी पीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरको आयोजनामा करिव ३ सय किसानले सप्तकोशी नदीको पुलमा प्रदर्शन गरेका छन् । विस २०११ सालमा भएको कोशी सम्झौताअनुसार क्षतीपूर्ति र मुआब्जाका लागि माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्ले कार्ड र ब्यानरसहित भेला भएका किसानहरुले कोशी पुलमा जुलुस प्रदर्शनपछि पुर्वी कन्ट्रोल रुम नजिकै कोण सभा समेत गरे । पूर्वसांसद नागेन्द्र झाको अध्यक्षता तथा प्रदेश सांसद एवम नेकपाका नेता सत्यनारायण मण्डलको प्रमुख आतिथ्यमा भएको सभाका वक्ताहरुले मुआब्जा दिन भारत सरकार तयार रहे पनि नेपाल सरकारले नै पहल गर्न नसकेको आरोप लगाए ।

पूर्वसभाषद मानपुर चौधरीको नेतृत्वमा पीडितहरुले रिले अनसनसमेत सुरु गरेका छन् । कोशी सम्झौता कार्यान्वयन गरी पीडितलाई न्याय दिलाउन नेपाल सरकार गम्भीर भएर लाग्नुपर्ने उनीहरुको आग्रह छ ।

नेपाल–भारत बीच २५ अप्रिल १९५४ मा कोशी पुल र वाँध निर्माणका भएको सम्झौताअनुसार सन् १९६४ मा कोसी ब्यारेजको निर्माण भएको थियो । पुल र वाँध निर्माणका कारण सुनसरीको चतरादेखि सप्तरीको कुनौली वोर्डरसम्म दुवै साईडको तटबन्धभित्र पर्ने ४८ हजार विगाह जग्गा कटान र डुवानमा परेको पीडितहरु बताउँछन् ।

नाराजुलुस

संम्बधित खबर

विशेष