काबुलमा वैवाहिक समारोहमा आत्मघाती आक्रमण, ६१ को मृत्यु, १७१ घाइते
काबुल । अफगानिस्तानको काबुलमा शनिवारबार एउटा वैवाहिक समारोहमा आत्मघाती हमला भएको छ। यस घटनामा करीब ६१ जनाको मृत्यु भएको छ भने १७१ जना घाइते भएका छन्। अफगानी पत्रकार बिलाल सरवरीका अनुसार हजारा समुदायको वैवाहिक समारोहमा आत्मघाती हमला भएको हो ।
दारुलमान क्षेत्रमा यो घटना भएको हो। यहाँ अल्पसंख्यक शिया हजारा समुदायका मानिसहरू बस्दै आएका छन्। गृह मन्त्रालयका प्रवक्ता नुसरत रहीमीका अनुसार घटना शनिवार रात स्थानीय समयअनुसार १०:४० बजे भएको हो।
प्रत्यक्षदर्शीका अनुसार विस्फोटको समयमा वेडिङ हल पाहुनाहरूले भरिएको थियो। घाइतेलाई नजिकका अस्पतालमा लगिएको छ। अहिलेसम्म यो घटनाको कुनै आतकंवादी संगठनले जिम्मा लिएको छैन।
काबुलमा आत्मघाती आक्रमण