News

शालिकराम आत्महत्या र रवि लामिछाने पक्राउबारे संसदमा चर्चा

शालिकराम आत्महत्या र रवि लामिछाने पक्राउबारे संसदमा चर्चा


काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणसँगै अर्का पत्रकार रवि लामिछानेसहित तीन जना पक्राउ परेकोबारे संघीय संसद्को प्रतिनिधि सभामा सांसद्हरुले यथार्थ छानबिन गर्न माग गरेका छन् । आइतबारको सदन बैठकमा सांसद् महेश्वरजंग गहतराजले पत्रकार शालिकराम पुडासैनीको रहस्यमय मृत्यु प्रकरणबारे निष्पक्ष छानबिन हुनुपर्ने भन्दै दोषी पहिचान अदालतले गर्नुपर्ने बताए । 

राजक किसिमबाट हुलहुज्जत गर्ने, गैरकानूनी रुपमा कानून हातमा लिएर विरोधमा उत्रिन नहुने भन्दै यथार्थ छानबिन सम्बन्धित निकायले गर्नुपर्ने बताए ।

उनले भने – ‘‘प्रहरी अदालतले दोषी पहिचान गरी अघि बढ्नुपर्छ । मेरो मान्छे वा मनपरेको मान्छे सुनपानीको चोखो हुन्छ, अपराधी हुँदैन भन्ने मनोविज्ञानले समाज कता जाँदैछ । यसले अपराध दुरुत्साह होइन प्रोत्साहन हुन्छ । ’’

त्यस्तै सांसद् यज्ञराज सुनुवारले शालिकराम पुडासैनीको मृत्युका कारणले उनका आफन्त न्याय माग्दै हिँडेको र रवि लामिछानेलाई गिरफ्तारी गरिएकोबारे सत्यतथ्य छानबिनको माग गरे । उनले भने – ‘‘दोषी नउम्किऊन्, निर्दोष नफसून । घटनाबारे छानबिन गरी सरकारले यथार्थ सार्वजनिक गर्नुपर्छ । ’’ 

रवि लामिछाने शालिकराम पुडासैनी मृत्यु प्रकरण

विशेष