पुडासैनीले कुन पसलबाट किनेका थिए ५ मिटर डोरी

पुडासैनीले कुन पसलबाट किनेका थिए ५ मिटर डोरी

चितवन । चितवनको नारायणगढस्थित होटल कंगारुपमा मृत फेला परेका टेलिभिजन पत्रकार शालिकराम पुडासैनीले नारायणगढ बसपार्ककै एक होलसेल पसलबाट डोरी किनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पत्रकार पुडासैनीले साउन २० गते नारायणगढ बसपार्ककै एक होलसेल पसलबाट ५ मिटर डोरी किनेका थिए ।

प्रहरीले पुडासैनीले डोरी किनेको सीसीटिभी फुटेज नै फेला परेको छ । प्रहरीले उक्त पसलको सीसीटीभी फुटेजका आधारमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।  पुडासैनीले लुगा सुकाउनका लागि भन्दै पसलबाट ५ मिटर डोरी किनेर लगेको पसल सञ्चालकले बयान दिएका छन् ।

लुगा सुकाउनका लागि भन्दै पुडासैनीले ५ मिटरजति डोरी मागेको प्रहरीले गरेको सोधपुछका क्रममा सञ्चालकले बताएका छन्। तर, पसल सञ्चालक   होलसेल पसल भएकाले डोरी नदिने भनेपछि शालिकराम दश मिनेटसम्म त्यहीँ बसेका थिए । अन्तिममा पसल सञ्चालकले  ५ मिटर डोरी काटेर दिन कामदारलाई भनेको सञ्चालकले बयान दिएका छन् ।  

पसलबाट किनेको डोरी र शालिकरामले आत्महत्यामा प्रयोग गरेको डोरी मेल खाएको प्रहरीले जनाएको छ । पत्रकार पुडासैनीले डोरी प्लास्टिकमा होटेलसम्म लगेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । सोही दिन भेज खाना बनाउन भनेका शालिकरामले खाना खानु अगावै झुण्डिएको अवस्थामा फेला परेका थिए । 

शालिकराम पुडासैनी शालिकराम पुडासैनी आत्महत्या प्रकरण

संम्बधित खबर

विशेष