युरोपको आकाशमा किन प्रतिबन्ध : प्रधानमन्त्री

युरोपको आकाशमा किन प्रतिबन्ध :  प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुँदै गएको बताएका छन् । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले विगतमा जस्तो हवाई सुरक्षामा नेपालको कमजोरी अहिले नरहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भने, “हामी नेपाललाई सुरक्षित गन्तव्यका रुपमा पहिचान गराउन चाहन्छौं । यसका लागि हाम्रा नीति र प्रयासहरु केन्द्रित हुनेछन् ।’’


नेपालले पछिल्ला वर्षमा हवाई उड्डयनमा गरेको विकासले असुरक्षा हटेको बताएका थिए । 

प्रधानमन्त्री ओलीले नेपाल भौगोलिकरुपमा मात्र नभई विविध क्षेत्रमा विविधता भएको देश भएकाले यहाँ द्रूत विकासको सम्भावना रहेको बताए । 


“अब हामी हाम्रो यात्रा आर्थिक उन्नती र विकासबाट सुरु गर्छौं । यसका लागि अन्तर्राष्ट्रिय जगतसँग पनि सहकार्य गर्छौं । यो सहकार्यका लागि कतिपय अमिल्दा कानूनहरु संसोधन गर्छौं ।”

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख बढी पर्यटक भित्राउने लक्ष्यमा साथ दिन सबैलाई आग्रह गरे । सम्मेलन पाँच दिन सम्म चल्ने छ । सम्मेलनमा ४३ देशका चार सयभन्दा धेरै प्रतिनिधि सहभागी रहने छन् ।

हवाई क्षेत्रको सुरक्षा

संम्बधित खबर

विशेष