News स्वास्थ्य

२० हजार स्वास्थ्यकर्मीले अझै बुझेनन् समायोजनपत्र

२० हजार स्वास्थ्यकर्मीले अझै बुझेनन् समायोजनपत्र

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका २० हजार कर्मचारीले अझै समायोजनपत्र बुझेका छैनन् । हाल सेवामा २७ हजार चार सय १७ स्वास्थ्यकर्मी छन् । तीमध्ये गत महिना सात हजार कर्मचारीले मात्रै समायोजनपत्र बुझेका छन् । त्यसैले स्वास्थ्यकर्मीको समायोजनले पूर्णता पाउन अझै लामो समय लाग्ने देखिएको छ । 

समायोजनमा चित्त नबुझेको भन्दै सात हजारभन्दा बढी कर्मचारीले गुनासो फारम भरेका छन् । आफूलाई पायक पर्ने ठाउँमा जान पाउनुपर्ने ती कर्मचारीको जिकिर छ । ती गुनासोका सुनुवाइ हुन बाँकी रहेको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेले जानकारी दिएका छन् । गुनासो भर्नेको समायोजन पनि बाँकी रहेको उनले बताए । 

काफ्लेका अनुसार चौथो, पाँचौँ र छैटौँ तहका स्वास्थ्यकर्मीको समायोजन रोकिएको छ । मन्त्रालयअन्तर्गत अनमि र अहेव मात्रै २१ हजार छन् । गुनासो भर्नेमध्ये धेरैजसो अनमि र अहेव नै छन् । उनीहरूको समायोजन रोकिएकाले अन्य १३ हजार कर्मचारीले समेत पत्र पाउन सकेका छैनन् । गुनासो दर्ता गर्ने र नगर्ने बाँकी कर्मचारीलाई एकैपटक पत्र दिने भएको छ ।  यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी स्वास्थ्यकर्मी समायोजनपत्र

विशेष