आयल निगमले आफ्नै ब्रान्डको ग्यास सिलिन्डर उत्पादन गर्ने

काठमाडौंः नेपाल आयल निमगले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ । निगमले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत विभिन्न तीन स्थनमा ग्यासको भण्डारगृह निर्माण गरी ग्यास सिलिन्डर उत्पादन गर्ने तयारी गरेको हो। यसका लागि निगमले कार्यक्रमसमेत स्वीकृत गरिसकेको छ।
चालु आर्थिक वर्षमा प्रदेश १ मा झापाको चालआली, प्रदेश २ मा जनकपुरको महेन्द्रनगर र प्रदेश ३ मा मकवानपुरको हेटौँडामा भण्डारगृह निर्माण गर्न लागिएको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। निगमले ‘एनओसी’ ब्रान्डमा सिलिन्डर उत्पादन गर्न लागेको हो। यो समाचार कारोबार दैनिकबाट लिइएको हो ।
ग्यास सिलिन्डर नेपाल आयल निमग