News विचित्र विश्व

स्थानेश्वर गुरागाईँले राखे चार विश्व रेकर्ड 

स्थानेश्वर गुरागाईँले राखे चार विश्व रेकर्ड 


काठमाडौँ । सञ्चारकर्मी थानेश्वर गुरागाईँले फ्रान्सका आइफिल टावर अगाडि विभिन्न चार वल्ड रेकर्ड बनाएका छन् । नेपाल फ्रान्स द्धिदेशीय सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा फ्रान्समा रहेका उनले टावर अगाडि रेकर्ड बनाएका हुन् । गुरागाईँले यसअघिको रेकर्ड तोड्दै नयाँ किर्तिमान कायम गरेका हुन् । यसअघिका आफ्ना  तीन ओटा गिनिज बुक अफ वल्र्ड रेकर्डसलाई उनले तोडेका हुन् । 


थानेश्वरले एक मिनेटमा १५ पटकसम्म २८ सेन्टिमिटर परिधि भएको धातुको रिङ टाउकोबाट छिराएर खुट्टाबाट निकालेका छन् । उनको यसअघि यस्तो रेकर्ड एक मिनेटमा १० पटक मात्रै छ । 


त्यस्तै कुहिनामा बास्केटबल १३ं दशमलव ९४ सेकेण्डसम्म घुमाएर पनि किर्तिमान कायम गरे । यसअघि यस्तो रेकर्ड ११ सकेण्डसम्म मात्र थियो ।

त्यस्तै गुरागाईँले चिउँडोमा कुर्सी सन्तुलनमा राखेर नयाँ रेकर्ड मो समयसम्म टाउकोमा बास्केटबल घुमाएर आफ्नै अघिल्लो कीर्तिमान तोडेका छन् । यसपटक २६ सेकेण्डसम्म टाउकोमा बास्केटबल घुमाएका उनले यसअगाडि भने २३ सकेण्डसम्म घुमाएका थिए ।

त्यस्तै गुरागाईँले चिउँडोमा कुर्सी सन्तुलनमा राखेर रेकर्ड पनि बनाएका छन् । ४ मिनेट १८ सेकेण्डसम्म उनले कुर्सी अड्याएका थिए ।

यससँगै उनले २३ ओटा विश्वरेकर्ड बनाइसकेका छन् । उनका रेकर्डहरु गिनिज् वल्र्ड रेकर्डस्बाट प्रमाणित हुन भने बाँकी छ । गुरागाईँ खबरहब डट कम अनलाइनमा कार्यरत छन् । 

 

विशेष