साउदीको सबैभन्दा ठूलो लगानी भारतमा किन ?
बीबीसी । १४ अगस्टमा पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फरावादमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीरको हितका लागि विश्वभरका सवा अर्ब मुसलमान एक जुट छन् । उनले मुस्लिम धनाढ्य मुलुकहरुलाई पाकिस्तानमा लगानीका लागि निरन्तर आग्रह पनि गर्दै आएका छन् । तर मुस्लिम मुलुक साउदी अरेबियाले लगानीमा ध्यान पाकिस्तान तिर नभएर भारततिर लगाएको छ ।
साउदी अरवको तेल कम्पनी अरामकोले अहिलेसम्मकै ठूलो लगानी भारतमा गर्न खोजिरहेको छ । यो कम्पनी साउदी अरबका राजा सलमानको नियन्त्रण छ ।
एक समय यस्तो पनि थियो जुन बेला, तेललाई हतियार झै संवेदनशील मान्ने गरिन्थ्यो । सन् १९७३ मा साउदी अरबले इजरायलाई समर्थन गर्ने मुलुकहरुलाई तेल बेच्न बन्द गरिदियो । यो प्रकरणमा अमेरिका साउदी अरबसँग निकै आक्रोशित भयो । तर त्यसबेलादेखि साउदी अरबले यस्ता मामिलामा तेल बेच्न बन्द गर्ने काम गरेको छैन ।
इमरान खान अक्सर मुस्लिम मुलुकहरुको विषयमा बोल्ने गर्छन् । साउदी अरबका लागि भारतका राजदूत भइसकेका तलमिज अहमद भन्छन्, ‘विश्व परिवेशलाई हेर्ने हो भने मुस्लिम समुदाय खास केही होइन ।’ भन्छन्, ‘हामी मुस्लिम मुलुकहरु एकत्रित भएर बसेका छन् झै गरी अर्थ लगाउँछौं । तर दूनियाँ अहिले व्यापारिक घाटानाफाका आधारमा अगाडि बढेको छ । कुनै धर्म वा समुदायका आधारमा होइन ।’
यसै वर्षको १९ फेबु्रअरीमा साउदीका युवराज मोहम्मद विन सलमान जब पहिलो पटक भारतको औपचारिक भ्रमणका रुपमा आएका थिए, भारतका प्रधानमन्त्री विमानस्थलमै उनलाई स्वागत गर्न पुगेका थिए । युवराजलाई भारतीय प्रधानमन्त्री मोदीले अँगालो नै हाले ।
फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार त्यो दुई दिने भ्रमणका क्रममा भारतीय अर्बपति मुकेश अम्बानीलाई पनि भेटे । सोही क्रममा साउदीको अरामको कम्पनी र अम्बानीको आरआइएन आयल टु केमिकलबीच सम्झौता हुने आधार तय भएको थियो ।
संयुक्त राष्ट्र संघको रिपोर्टअनुसार गत वर्ष भारतमा ४२ अर्ब डलरको विदेशी लगानी भित्रिएको थियो । २०१७ मा ४० अर्ब डलर थियो ।
गएको साता मुकेशले आफ्नो आरआइएल आयल टु केमिकलको २० प्रतिशत सेयर साउदी तेल कम्पनी आरामकोलाई बेच्ने घोषणा गरेका थिए । यो खरिददारीले भारतको अर्थतन्त्रमा इतिहास बनाएको छ ।
आरआइएल आयल टु केमिकल ७५ अर्ब डलरको कम्पनी हो र यसको २० प्रतिशत सेयर अर्थात २० अर्ब डलरको सेयर साउदी कम्पनीले किन्दैछ ।
साउदी कम्पनी आरामको दूनियाँमा सबैभन्दा बढी नाफा कमाउने कम्पनी हो । गएको वर्ष यो कम्पनीले १११.१ अर्ब डलर नाफा कमाएको थियो । तेल उद्योगका विषयमा जानकार पत्रकार परंजय गुहा ठाकुरता भन्छन्, ‘पश्चिमा देशहरुमा तेलको बजार क्रमशः खस्किदो छ । यस्तो बेलामा साउदी अरब भारतको ठूलो जनसंख्यामा आफ्नो बजारमा स्थापित गर्न चाहन्छ ।’