News

प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपाली अस्पतालमा नभएको हो ?

प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपाली अस्पतालमा नभएको हो ?

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारका विषय संसदमा बैठकमा प्रवेश भएको छ । मंगलवारको प्रतिनीधिसभा बैठकमा स्वास्थ्यमन्त्र मन्त्रालय अन्तर्गतको प्रश्नोत्तरको समयमा नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको उपचार गर्न सिंगापुर जानुपर्नेको कारण माग गरेका हुन् । उनले उपप्रधान एंव स्वास्थ्यमन्त्री उपेन्द्र यादवसंग प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपाली अस्पतालमा नभएको हो भनी प्रश्न गरे ।

जवाफमा उपप्रधानमन्त्री यादवले प्रधानमन्त्रीलाई डाक्टरहरुले सिंगापुरमै उपचार गर्न सिफारिस गरेकाले सिंगापुर गएको र फेरि जान लागेको बताए । उनले नेपालमा धेरै रोगको उपचार सम्भव भएपनि प्रधानमन्त्री भने डाक्टरको सिफारिसमा सिंगापुरमा उपचार गराएको बताए ।

सिंगापुरमा उपचारका लागि साउन १८ गते त्यसतर्फ गएका प्रधानमन्त्री केपी ओली साउन २७ गते फर्किएका छन् । उनी फेरि उपचारका लागि त्यसतर्फ जाँदैछन् ।

विशेष