News

शान्ता चौधरीले रवि लामिछानेबारे के भनिन् संसदमा ?

शान्ता चौधरीले रवि लामिछानेबारे के भनिन् संसदमा ?


काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणबारे प्रतिनिधि सभाको मंगलबारको बैठकमा पनि चर्चा चलेको छ । मंगलबार सांसद् शान्ता चौधरीले यसबारे आफ्ना धारणा सार्वजनिक गर्दै निर्दोष व्यक्ति फस्न नहुने र दोषी उम्कन नहुने प्रतिक्रिया दिएकी छिन् । उनले भनेको भनाई जस्ताको तस्तै :

सम्माननीय सभामुख महोदय, 
देश विधिले चलाउने हो । कानूनको सर्बोच्चतलाई सबैले आत्मसात गर्ने हो । राज्यका संयन्त्रलाई बाइपास गरेर अगाडि बढ्न खोज्न देशमा उत्पन्न हुने भयावह अवस्थालाई सबैले देख्न सक्नु पर्दछ ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु भन्दा पहिले रेकर्ड भएको भिडियो र त्यसमा लगाइएको आरोपका आधारमा पत्रकार रवि लामिछाने अहिले प्रहरी अनुसन्धानमा हुनुहुन्छ ।

अनुसन्धानका आफ्ना प्रक्रिया हुन्छन् जुन क्रम जारी छ । न त रवि लामिछाने दोषी प्रमाणित भैसकेको छ न निर्दोष हुन भन्ने प्रमाणित नै भएको छ । को हो दोषी र को हो निर्दोष भन्ने सवाल अनुसन्धानमा चलिरहेका बेला उत्तेजित भएर सडकमा निस्किने, अनुसन्धान प्रभावित बनाउन खोज्ने विषयलाई बिल्कुलै सही मान्न सकिन्न ।

यस्तो गतिविधि रोक्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्दछ । तथ्य रुपमा टेकेर सत्य पत्ता लागोस् त्यसो गर्दा निर्दोष सजाय भोग्न नपर्ने हुन्छ र दोषीले उन्मुक्ति पाउँदैन । धन्यवाद । 
 

रवि लामिछाने शालिकराम पुडासैनी आत्महत्या प्रकरण

विशेष