सांसदले सोधे – ज्योतिषीको लाइसेन्स खोई ?
काठमाडौँ । कुनै पनि घटनालाई लिएर ज्योतिषीहरुले आ–आफ्नै टिप्पणी गर्न थालेपछि सांसद्ले उनीहरुको लाइसेन्स हुनुपर्ने माग गरेका छन् । जुनसुकै घटनालाई ज्योतिषीले टिप्पणी गर्ने र यसबारे समाजमा अनावश्यक भ्रमसमेत फैलिने गरेको तर्फ सांसद्ले सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा एक सांसद्ले ज्योतिष पेशा आवद्धहरुको लाइसेन्सको माग गरिन् ।
सांसद विमला विश्वकर्माले ज्योतिषीको लाईसेन्स हुनुपर्ने माग गरेकी हुन् । उनले भनिन् –‘‘ज्योतिष पिएचडीसम्म पढाई हुन्छ । ज्योतिषको अधिकारपत्र वा लाइसेन्स हुन्न । निगरानी कुनै निकायले गर्ने गरेको छैन । ज्योतिषहरुलाई लाइसेन्सको व्यवस्था गर्न सके राज्यले करोडौँ राजश्व उठाउँछ । म यसतर्फ सरकारको ध्यानाकर्षण गराउँछु ।’’ उनले सरकाले यसबारे ध्यान राख्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराईन् ।