नेकपा सचिवालय बैठक जारी
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा वरियताक्रम लगायत पार्टी सञ्चालनमा रुष्ट देखिएर अघिल्लो बैठकमा नोट अफ डिसेन्ट दर्ज गराएका माधवकुमार नेपालपनि सहभागी छन् ।
वरीयताक्रम हेरफेर गरेर चौथो स्थानमा पुर्याईएपछि असन्तुष्ट बनेका नेता नेपालले लिखित रुपमै आफ्नो असन्तुष्टि पार्टीभित्र दर्ज गरेका थिए । आज विहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टा छुट्टै भेटवार्ता भएको थियो ।
उक्त भेटवार्तामा नेताहरुको कार्यविभाजबारे छलफल भएको बुझिएको छ । पार्टी एकताका बांकी काम टुंगो लगाउने, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन, स्वास्थ्य उपचारका लागि प्रधानमन्त्रीको भोलिदेखि हुने सिंगापुर भ्रमणलगायतका विषयमा अध्यक्षद्वयबीच आज विहान छलफल भएको थियो ।