नेकपाले जिम्मेवारी बाँडफाँडका बाँकी निर्णय विहीबार गर्ने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिम्मेवारी बाँडफाँडको बाँकी निर्णय विहिबार मात्रै गर्ने भएको छ । आज बसेको सचिवालय बैठकमा यसबारे सहमति नजुटेपछि बैठक विहीबार विहान ८ बजेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
निर्वाचन आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन समिति, सल्लाहकार परिषद् र महानगर कमिटीको नेतृत्वको टुंगो लाग्न बाँकी छ । भोलिको बैठकमा पोलिटब्युरो गठनबारे पनि छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।