News

लुम्बिनीको विकास मुलुकको पहिचान : प्रधानमन्त्री 

लुम्बिनीको विकास मुलुकको पहिचान : प्रधानमन्त्री 


काठमाडौँ । प्रधानमन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पहिचानको लागि पनि लुम्बिनीको विकास अपरिहार्य रहेको बताउनुभएको छ । लुम्बिनी विकास योजनालाई प्रभावकारी कार्यान्वयनमा ल्याउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । 


लुम्बिनी विकास कोषको आज प्रधानमन्त्री  निवास बालुवाटारमा बसेको बैंठकमा प्रधानमन्त्री ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बौद्ध धर्मावलम्बीको उद्गम स्थलसमेत रहेकाले लुम्बिनी बिकास योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । 


लुम्बिनीलाई पर्यटन क्षेत्रको प्रमुख गन्तब्यको रुपमा विकास गर्न लाग्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।
बैठकमा संस्कृति  पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनी क्षेत्रको विकासका लागि सरकारले दीर्घकालीन योजना बनाउने बताउनुभयो । 


लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा लुम्बिनीको प्रचारप्रसार गरी पर्यटक आकर्षणको केन्द्र बनाउनुपर्ने भन्दै सरकारले यसतर्फ पहल गर्नुपर्ने बताउनुभयो । 


लुम्बिनी क्षेत्रको विकासको लागि बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय सम्मेलन गर्नुपर्ने त्रिपाठीको भनाई थियो ।

विशेष