३३ किलो सुन काण्ड : उच्चको आदेश सर्बोच्चबाट सदर
काठमाडौँ । सर्बोच्च अदालतले ३३ किलो सुन तस्करी काण्ड र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरको आदेश सदर गरिदिएको छ । सर्बोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलालशले अभियुक्त महावीर गोल्यानलाई दश लाख धरौटीमा छाड्न र अरुको हकमा उच्च अदालत विराटनगरले गरेको आदेश सदर गरेको हो ।
उच्च अदालतले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।आदेशसँगै निलम्बित डीएसपी सञ्जय राउत, पूर्व एसएसपी श्यामबहादुर खत्री, भुजुङ गुरुङ, छिरिङ वाङद्ने घले भनिने डा. डेभिड थुनामा नै रहने भएका छन् ।
उच्च अदालतले विमल पोद्दार र राजेन्द्रकुमार शाक्य १० लाख धरौटीमा छुटेका थिए । त्यस्तै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी, प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रजित केसी र प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेलको हकमा उच्च अदालतको आदेश सदर गरेको छ ।उच्च अदालत विराटनगरले उनीहरुलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।
उच्च अदालतको आदेश उपर २०७५ कात्तिक १२ गते पुनरावेदन गरिएको थियो । ६३ जनाविरुद्ध मुद्दा दायर भएपनि ३० जना फरार छन् ।