नेपालको गणतन्त्रले भारत–चीन असुरक्षित, राजासँग जनता, नेतासँग विदेशी (भिडियोसहित ) 

नेपालको गणतन्त्रले भारत–चीन असुरक्षित, राजासँग जनता, नेतासँग विदेशी (भिडियोसहित ) 


काठमाडौँ । अहिले केही राजनीतिक तथा सामाजिक अभियन्ताहरुबीच पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गर्ने प्रतिस्पर्धा नै चलेको छ । पूर्वराजासँग भेटमा के के भयो भन्नेबारे उनीहरुले पत्रकार सम्मेलन नै गरेर जानकारी दिइरहेका छन् । कोही संचार माध्यममा अन्तर्वार्ता दिएर र कोही लेख लेखेर आफूले पूर्वराजा भेटेको सगर्व भनिरहेका छन् । 


यसलाई फरक शब्दमा भन्नुपर्दा पूर्वराजाले विभिन्न पेशा र वर्गका मानिसहरुसँग भेटघाट बाक्लो बनाएका छन् । भेटघाटमा उनले  मुलुक र जनताको अवस्था, जनचाहना र समस्याको समाधानका विषयमा चासो राख्ने गरेको बताइएको छ । 
अर्कोतर्फ प्रधानमन्त्री केपी ओलीसहित सत्तारुढ दलका नेताहरु र विपक्षी नेपाली कांग्रेसका नेताहरु भने विदेशीसँगको भेटमा बढी व्यस्त छन् । राजसंस्था पुनर्वहालीको अभियानमा लागेका राजनीतिक अभियन्ता कमानसिंह लामा भन्छन्, ‘नेकपा अध्यक्ष पुष्पकमल दाहालको दुबई भ्रमण विदेशीलाई भेट्न हो ।

 

प्रधानमन्त्री ओलीको सिंगापुर भ्रमणलाई पनि चिनियाँ टोलीसँगको भेटका लागि हो । केही दिनअघि कांग्रेस महामन्त्री डा. सशांक कोइरालासहित कांग्रेस नेताहरुले भारतीय दुतावासमा ‘डिनर’ खाएको तस्वीर कांग्रेस नेतृ सुजाता कोइरालाले सार्वजनिक गरेकी छन् ।

यस्तै,  भारतीय गुप्चतर संस्था ‘रअ’ का प्रमुख समन्त गोयलसँग पनि दलका नेताहरुले गोप्य भेट गरेका छन् । यहाँका नेताहरु विदेशीको सल्लाहमा चल्छन्, अहिले पनि विदेशीलाई भेटन एकपछि अर्को गर्दै विदेश जाँदैछन्,  हाम्रा राजा आफनै जनतासँग सल्लाह लिइरहेका छन् । ’


लामाका अनुसार मुलुकको राजनीतिक निकासका लागि राजा, सेना र जनता मिल्नु अपरिहार्य छ । अहिले गणतान्त्रिक व्यवस्थाप्रति जनताको घृणा उत्पन्न भैसकेकाले राजसंस्था नै एकमात्र विकल्प भएको उनी बताउँछन् । 


लामा भन्छन्, ‘गणतन्त्र भनेको निश्चित नेताहरुलाई लुट मच्चाउन हो ? अपराध, असुरक्षा, अशान्ति र अस्थिरता ल्याउन हो ? महङ्गी थोपर्न हो ? ख्वै कहाँ छ राष्ट्रियता ? सबै विदेशीका दलाल भएका छन् ।

यो अवस्थामा देश बचाउन राजसंस्था जरुरी भैसक्यो । अब हिजो जस्तै अर्को शाही आयोग गठन गरेर देशमा लुट मच्चाउनेहरुलाई जेलमा कोच्नुको विकल्प छैन । सबै भ्रष्टाचारीहरुको सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्छ ।’


राजसंस्थाको पुनस्र्थापनाका लागि भारत र चीनसमेत तयार भैसकेको लामाको दावी छ । उनी भन्छन्, ‘भारत र चीनले राजसंस्था पुनस्र्थापनाका लागि हरियो बत्ती बालेपछि यहाँका गणतन्त्रवादीहरु तिल्मिलाएका छन् ।

हिजो एउटा राजासँग डिल गर्दा हुन्थ्यो, आज स्थानीय तहदेखि केन्द्रसम्म राजैराजासँग डिल गर्नुपर्ने भएपछि भारत र चीन यो व्यवस्थासँग सन्तुष्ट छैनन् । यसले चीन र भारतलाई समेत असुरक्षित बनाएको छ ।’


पश्चिमा शक्तिहरुले भने जातीय र क्रिश्चियानिटीको मुद्दालाई अघि बढाउन खोजेका छन् । यसबाट सजग हुन जरुरी छ । उनीहरुको कदम नेपालको पक्षमा छैन । उनीहरुले यहाँका नेताहरुलाई पैसाको खोलो बगाएर राष्ट्रघात गराउन षडयन्त्र गर्न सक्छन् । 


‘राजसंस्थाको मुद्दा बोकेका राप्रपा र राप्रपा संयुक्तसँग राजसंस्था फर्काउने तागत छैन । कमल थापाको पार्टीमा कुनै पनि बौद्धिक मान्छे टिक्न सक्दैन, थापाले त्यस्ता व्यक्तिलाई गलहत्याएर निकाल्छन् ।

राप्रपा संयुक्त त पशुपतिशम्शेर र डा. लोहनीको क्लब मात्र हो । उनीहरु आफनो मनोरञ्जन र शौख पूरा गर्न सक्छन्, तर राजसंस्था फर्काउने हैसियत राख्दैनन् ।’ लामाको तर्क छ ।  हेर्नुहोस् भिडियो 

संम्बधित खबर

विशेष