भारतीय विदेशमन्त्री काठमाडौँमा 

भारतीय विदेशमन्त्री काठमाडौँमा 


काठमाडौँ । नेपाल भारत संयुक्त आयोजनाको पाँचौ बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्र संचिव शंकर वैरागी तथा भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले स्वागत गरे ।

डिप्लोम्याट करिअर उनी परराष्ट्र मन्त्री बनेपछि पहिलो पटक नेपाल आएका हुन् । २ दिन नेपाल बस्ने जयश‌करले बैठक अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । उनले दिउँसो २ बजे प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

त्यसपछि दिउँसो तीन बजे होटल याक एण्ड यतीमा आयोजना गरिएको नेपाल र भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुने छन् ।

र, यो पनि पढ्नुहोस् 

✍️ भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आउने 

✍️ नेपाल भारत संयुक्त आयोगको बैठक आजदेखि

एस जयशंकर भारतीय विदेश मन्त्री

संम्बधित खबर

विशेष