भारतीय विदेशमन्त्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

भारतीय विदेशमन्त्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


काठमाडौँ । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार काठमाडौं आएका जयशंकरले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भएको भेटवार्तामा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी तथा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीलगायतको सहभागी थिए ।

प्रधानमन्त्री ओलीसँग भेटमा नेपाल–भारत संयुक्त आयोगको बैठक, बैठकका केही एजेण्डा र दुई देशको आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।
 

संम्बधित खबर

विशेष