News

सशस्त्रको नजर उत्तरी नाकातर्फ

सशस्त्रको नजर उत्तरी नाकातर्फ

काठमाडौं : सशस्त्र प्रहरी बलले नेपाल–चीन नाकामा तस्करी बढेको भन्दै उत्तरतर्फ बोर्डर आउट पोट (बिओपी) स्थापना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेको छ । सशस्त्र प्रहरीले दार्चुला, हुम्ला, मुस्ताङ, संखुवासभासहितका जिल्लामा रहेका उत्तरी नाकाबाट तस्करी बढेको निष्कर्षसहित बिओपी स्थापनाका लागि प्रस्ताव पठाएको हो । 

सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठका अनुसार छिमेकी चीनसँगको सीमाक्षेत्रमा तस्करी बढेका कारण त्यसलाई रोक्न बिओपी स्थापना गर्न प्रस्ताव गरिएको हो । संखुवासभाको किमाथांकामा बिओपी स्थापनाका लागि जग्गाको टुङ्गो लागिसकेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

रसुवाको रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानीमा मात्र सशस्त्रको बिओपी रहेको छ। संखुवासभाको किमाथांकाबाहेक ताप्लेजुङको ओलांचुङगोला, गोरखाको सामागाउँ, मुस्ताङको कोरला, हुम्लाको हिल्सा, मुगुको नाम्चेला, दार्चुलाको लिपुलेक र ताप्लेजुङको हिङसाङचुलीमा बि‌ओपी स्थापना गर्ने सशस्त्रको तयारी छ। यो समाचार नागरिक दैनिकबाट लिइएको हो।

सशस्त्र प्रहरी बल

विशेष