News

भारतीय विदेशमन्त्रीबाट पशुपतिनाथको दर्शन

भारतीय विदेशमन्त्रीबाट पशुपतिनाथको दर्शन


काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । जयशंकरसहितको टोली बिहान पशुपतिनाथ मन्दिर पुगेको भारतीय दूतावाकासले जनाएको छ । 


बिहानै पशुपतिनाथ पुगेका उनले पशुपतिनाथको दर्शन गरेका थिए । विदेशमन्त्री जयशंकरसँगै नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी पनि पशुपतिनाथ गएका थिए ।

जयशंकरसहितको टोलीलाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले पशुपति मन्दिर परिसरमा घुमाएका थिए ।

विशेष