भारतीय विदेशमन्त्रीबाट डा. बाबुराम भट्टराईसँग भेट
काठमाडौँ । नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा सहभागी हुन आउनुभएका भारतीय विदेशमन्त्री सुब्रमण्ड्यम जयशंकरले समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि भेटवार्ता गर्नुभएको छ ।
भट्टराईसँगै पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पनि भेटवार्ता गर्नुभएको हो । भेटमा नेपाल भारतका विविध विषयमा छलफल भएको डा. भट्टराईले जनाएका छन् । जवाहरलाल नेहरु विश्वविद्यालयमा पढेकोबारे पनि भेटमा कुराकानी भएको भट्टराईले जनाएका छन् ।