News

चार विश्वविद्यालयमा कामु तोकिए, त्रिविमा त्रिपाठी 

चार विश्वविद्यालयमा कामु तोकिए, त्रिविमा त्रिपाठी 


काठमाडौँ । सरकारले चारवटा विश्वविद्यालयमा कायममुकायम उपकुलपति तोकेको छ । सरकारले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति तोकेको हो ।

त्रिविमा डा‍. सुधा त्रिपाठी, पूर्वाञ्चलमा विजुकुमार थपलिया, नेसंविमा रमेश ढकाल र कृषि तथा वनमा शारदा थपलियालाई कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ ।

उल्लेखित विश्वविद्यालयका उपकुलपतिहरुको समय सकिएकाले कुलपति एवं प्रधानमन्त्री, सहकुलपति एवं शिक्षामन्त्रीसहितको बैठकले कामु उपकुलपति तोकेको हो । 

उपकुलपति

विशेष