News

डोटीमा डेङ्गुबाट एक जनाको मृत्यु 

डोटीमा डेङ्गुबाट एक जनाको मृत्यु 

डोटी । डोटीमा डेङ्गु रोगबाट एक जनाको मृत्यु भएको छ । जिल्लामै पहिलोपटक यो रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को मृत्यु भएको हो । 

लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि उपचारका लागि उनलाई कैलालीको मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो । 

उपचारका क्रममा उनको ज्यान गएको र पछि चिकित्सकले डेङ्गु रोग लागेको बताएको मृतकका जेठाजु नारद मलासीले जानकारी दिए ।  

जिल्ला बाहिर कहिले नगएकी यी महिलालाई कसरी डेङ्गु रोग लाग्यो, यो विषयमा जिल्लामा रहेका चिकित्सकसमेत अचम्ममा परेका छन् ।

डेङ्गु रोग लागेर महिलाको ज्यान गएपछि अहिले यो क्षेत्रमा त्रास छाएको स्थानीयवासी बताउँछन् । मृतक मलासीमा डेङ्गु र स्क्रब टाइफस रोग देखिएको मायामेट्रो अस्पतालका डा. विष्णु जोशीले बताए ।  
 

डोटी डेङ्गु रोग

विशेष