कम्युनिष्टहरु सत्तामा पुगेर राजा महाराजा बने उल्टिन सक्छ : प्रचण्ड

कम्युनिष्टहरु सत्तामा पुगेर राजा महाराजा बने उल्टिन सक्छ : प्रचण्ड


काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता  भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने बताएका छन् ।

पुर्वी युरोप, सोभियत संघको उदाहरण दिँदै उनले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली बिर्सन नहुने बताए ।

ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रोग्रेसिभ इन्जिनियरङ्ग एसोसिएसनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने -“कम्युनिष्ट नेता नै राजा महाराजा जस्तो हुदै गएपछि राजा महाराजका विरुद्ध लडेका जनताहरु कम्युनिष्ट पनि राजा महाराजा जस्ता भए । यिनलाई पनि लखेट्न पर्छ भन्ने यो बिडम्बना हामीले देख्यौँ इतिहासमा। हामी कहा पनि यसो हेर्दा लक्षण चाहिँ कुरा बुझ्नु भयो नि। सिस्टम चाहिँ कता कता त्यस्तै देखिने। ”


अध्यक्ष दाहालले सत्तामा पुगेपछि जनतासँग गरेका प्रतिबद्धताहरु बिर्सँदै जाने प्रवृत्ति विश्वभरीका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृत्ति नेपालमा पुनरावृत्त हुन नदिनेतर्फ सचेत हुनुपर्नेमा जोड दिए। 

दुई पार्टी मिलेर बनेको ठूलो पार्टीभित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टि जनाए। विगतमा जनताका समस्या बोध गर्ने, अनुशासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरु अहिले अनुशासनहिन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृति बढेको टिप्पणी उनले गरे।  

प्रचण्ड पुष्पकमल दाहाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

संम्बधित खबर

विशेष