विद्युतीकरणको ठेक्का लिएर मेयर सम्पर्कबाहिर, ठेक्का तोडियो
काठमाडौं । ६ महिनामा सम्पन्न गर्नुपर्ने विद्युतीकरणको काम चार वर्षसम्म सुरु नगरेपछि नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखाले तारुपरे निर्माण सेवा एन्ड सप्लायर्ससँगको सम्झौता तोडेको छ । तारुरेले २०७२ असार १४ गते सुर्खेतका विभिन्न १५ गाउँमा विद्युतीकरणका लागि ठेक्का लिएको थियो ।
तारुपरे निर्माण कम्पनी सल्याको बनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन् पुनको स्वामीत्वमा छ ।
सुरुमा दुई पटक म्याद थप गराएका पुन स्थानीय तह निर्वाचनमा वनगाड कुपिण्डे नगरपालिकाको मेयरमा विजयी भएपछि प्राधिकरणको सम्पर्कमा छैनन ।
यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो ।