कैलालीमा अज्ञात समूहद्धारा कारमा आगजनी

धनगढी । कैलालीमा अज्ञात समूहले कारमा आगजनी गरेको छ । अज्ञात समूहले जिल्लाको गोदावरी नगरपालिका–७ लालपुरका तिलकबहादुर शाहीको घर अगाडि पार्किङ गरि राखेको कारमा आगजनी भएको हो । कैलाली प्रहरीकाअनुसार खुल्ला ठाँउमा पार्किङमा राखिएको बा १५ च ४०९९ नम्बरको कारमा आगजनी भएको हो ।
कारको पछाडिको पुरै भाग जलेको छ । अगाडिको भागमा केही क्षती भएको प्रहरीले जनाएको छ । आगो कस्ले र किन लगायो भन्ने बारेमा अनुसन्धान भइरहेको कैलाली प्रहरी प्रमुख एसपी सुदिप गिरीले बताए । ब्यक्तिगत रिसिबीका कारण घरमा राखेको कारमा आगजनी भएको आशंका गरिएको छ ।
अज्ञात समूह आगजनी कार