News

गुठीले हडप्यो पशुपतिको जग्गा

गुठीले हडप्यो पशुपतिको जग्गा

काठमाडौं । राणाकालमा लालमोहर लगाएर पशुपति गुठीलाई दिइएको काठमाडौँ सिफलको ८  रोपनी ११ आना जग्गा गुठी संस्थानले हडपेको छ । संस्थानले उक्त जग्गा लिजमा लगाउन सञ्चारमाध्यममा सूचना सार्वजनिक गरेपछि पशुपति क्षेत्र विकास कोषले आपत्ती जनाएको छ । 


सार्वजनिक जग्गा व्यक्तिले हडपेको दर्जनौं समाचार आइरहँदा एउटा सरकारी निकायले पशुपति क्षेत्र विकास कोषको जग्गा हडपेको सार्वजनिक भएको हो । पशुपति मन्दिरमा फूल चढाउनका लागि पाँच गुठीले १९९३ सालमा चार रोपनी १२ आना जग्गा चार किल्ला खुलाई पशुपति जुठीलाई दिएको कोषको भनाइ छ । राज परिवारले पाँच सरकार गुठी, राणाले दिने तीन सरकार गुठी र सर्वसाधारणले दुनियाँ गुठीका नाममा जग्गा दिने प्रचलन थियो । यो समाचार अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।  

पशुपति गुठी पशुपति क्षेत्र विकास कोष

विशेष