रवि लामिछानेबारे के भने कलाकारले ? (भिडियोसहित)

रवि लामिछानेबारे के भने कलाकारले ? (भिडियोसहित)


काठमाडौँ । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा विभिन्न कलाकारहरुले निष्पक्ष छानबिनको माग गरेका छन् । आज रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै कलाकार दीपकराज गिरी, नायक निखिल उप्रेती, रमेश उप्रेती, निर्मल शर्माले घटनाबारेको यथार्थ सार्वजनिक गर्न माग गरे ।
 

दीपकराज गिरी : 

कानुन नै त्रुटिपूर्ण छ । मरेका सबै मान्छेले यथार्थ गरेका हुँदैनन् । आपसी रिसईबीका कारण आत्महत्या गर्लान् अनि बाँचेकाले सास्ती भोग्नुपर्ने भयो । म भन्छु आत्महत्या पनि अपराध हो । अहिलेको कानूनमा सुधार जरुरी छ । मर्ने व्यक्तिले सबै सही गर्छन भन्ने पनि छैन नि ।  आत्महत्याका कारण प्रताडना खेप्ने म पनि हुँ । मलाई थाहा छ नि कति पीडा हुन्छ । चलचित्रको कपिराइटका कारण कृष्ण भाइले आत्महत्या गर्दा मैँले पनि समस्या भोगेको थिएँ । मर्ने व्यक्ति बाँच्नका लागि संघर्ष गर्न नसकेर मर्ने हुन् । दुःख पीडासँग जुध्न नसकेर मर्ने हुन् । कानूनीराज, राज्य, सरकार न्यायप्रति विश्वास गुमेर मानिसहरु सडकमा उत्रिएका हुन् । रवि जीको सन्दर्भमा उहाँ दोषी भए सजाय भोग्नुपर्छ निर्दोष भए रिहा हुनुपर्यो । अनि उहाँले प्रहरीलाई सहयोग गर्छु भन्दाभन्दै किन पक्राउ गरेको प्रहरीले ? 

निखिल उप्रेती : 

यो देश राजनीतिले बिगारेको छ । आज राजनीतिक रंग नलागेको मान्छे, पावर, पहुँच नपुगेको मान्छेले न्याय पाउन सक्दैन । अहिले भएको यही हो । जबसम्म राजनीतिले गाँजिरहन्छ अन्याय, अत्याचारविरुद्ध संघर्ष गर्नेहरुलाई समस्या आइरहन्छ । 

निर्मल शर्मा : 

घटनाबारे निष्पक्ष छानबिन होस् । रवि जी निर्दोष हुनुहुन्छ भने प्रहरी हिरासतमा राख्न पाईँदैन । 

शालिकराम पुडासैनी आत्महत्या प्रकरण रवि लामिछाने निखिल उप्रेती दीपकराज गिरी निर्मल शर्मा

संम्बधित खबर

विशेष