देउवाले भने लोकतन्त्र रक्षाका लागि कम्युनिष्ट सकौँ
सुर्खेत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरु सर्वसत्तावादी भएको भन्दै सिध्याउनुपर्ने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसँग संक्षिप्त कुुरा गर्दै सभापति देउवाले वर्तमान सरकार पूर्ण प्रजातन्त्रभन्दा फरक दिशामा गइरहेकाले लोकतन्त्रको रक्षा गर्न कम्युनिस्टलाई सिध्याउनैपर्ने बताए ।
सभापति देउवाले ओली सरकारकै कारण भ्रष्टाचार बढेको टिप्पणी गरे । उपभोक्ता समितिका नाममा बजेट स्वाहा गर्ने क्रम बढेको र कर बढाएर सर्वसाधारणलाई मारमा पारिएको सभापति देउवाको आरोप छ ।
‘कांग्रेसले राणा, पञ्चायत र राजतन्त्र फालेर अहिलेको व्यवस्था ल्याएको हो,’ सभापति देउवाले भने, ‘अब अन्तिमपटक कम्युनिस्ट शासन अन्त्यका लागि लड्न सबै तयार हुनुपर्छ ।’