सार्वजनिक सम्पत्ति सुरक्षा चुनौतीपूर्ण बन्दै : कावा प्रधानमन्त्री पोखरेल

सार्वजनिक सम्पत्ति सुरक्षा चुनौतीपूर्ण बन्दै : कावा प्रधानमन्त्री पोखरेल


काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतिपुर्ण बन्दै गएको बताएका छन् । आज काठमाडौंमा तीन नम्वर प्रदेशले गरेको टुसाल पार्क उद्घाटन गर्दै पोखरेलले मुलुकको विकास र समृद्धिमा सरकार प्रतिबद्ध भएर लागेको भन्दै यसमा सबैको साथ महत्वपूर्ण हुने बताएका हुन् ।


लामो समयपछि मुलुकमा स्थायी सरकार बनेकोे र अव बिकासका लागी कुनै अवरोध नहुने मन्त्री पोखरेलको तर्क छ । त्यस्तै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भुकम्पले क्षतिग्रस्त बनेका सम्पदाहरुको पुननिर्माणको कामले गति लिएको भन्दै सहयोग र सहकार्यमा सहभागी हुन नगरबासीलाई आग्रह गरे ।


धरहरा पुननिर्माणको काम संघीय सरकारद्वारा पुननिर्माण प्राधिकरणले अघि बढाईसकेको तथा रानी पोखरी र काष्टमण्डप पुननिर्माणको काम पनि धमाधम भईरहेको भन्दै कहिं कतैबाट पुननिर्माणमा अवरोध पु-याउन नहुने तर्फ सचेत गराए ।

विगतमा विभिन्न बाहानामा हुने गरेका विरोधले पुननिर्माणका काममा समस्या भएको उनको गुनासो छ ।

संम्बधित खबर

विशेष