News Technology

शालिकराम पुडासैनीले गर्लफ्रेन्डसँग डेटिङका लागि छुट्टै डेरा लिएका थिए 

शालिकराम पुडासैनीले गर्लफ्रेन्डसँग डेटिङका लागि छुट्टै डेरा लिएका थिए 

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले प्रेमिकालाई भेट्नका लागि मात्रै टोखा ११ स्थित गोमा न्यौपानेको घरमा डेरा लिएको खुलासा भएको छ । प्रस्तुत त गोमासँग नागरिक दैनिकले लिएको अन्तर्वार्ताको अंशः 

पत्रकार शालिकराम पुडासैनीले यहाँको घरमा कोठा लिनु भएको हो ?
–हो, हाम्रो घरमा कोठा भाडामा लिनुभएको थियो । बेलाबेलामा आउनेजाने गर्नुहुन्थ्यो । 

कहिलेदेखि भाडामा लिनुआउनुभएको थियो ? 
कोठा खोज्न आउँदा एकजना केटी साथी थिई । को हो सोधिएन । कोठा चाहियो भन्नुभयो । कोठा खाली थियो । भाडामा दिनुपर्ने थियो, दियौं । नियमित बस्नु हुन्थेन । 

पुडासैनि कहिलेकहिले आउनुहुन्थ्यो ? 
कहिले हप्ता, कहिले दुई हप्तामा देख्थे । प्रायः शनिबार दिउँसो आउनुहुन्थ्यो । एकजना केटी लिएर आउनु हुन्थ्यो । 

त्यो केटी को हो भन्नुहुन्थ्यो ? 

कोठा लिएर बसेपछि को हो भनेर सोध्ने कुरा भएन । अरुको व्यक्तिगत कुरामा मैले सोधिनँ । 

घटना कसरी थाहा पाउनुभयो ? 
छोरीले हस्पिटलमा फेसबुक चलाउँदा शाकिलरामले आत्महत्या गरेको खबर देखिछन् । फोटो पनि उस्तै छ ।, हाम्रोमा बस्ने पत्रकार हो क्यारे भनिन् । मोबाइलमा पटक पटक फोन गर्दा स्वीच अफ रैछ । 

प्रहरीललाई कहिले खबर गर्नुभयो ? 
मै
ले खबर गर्छु भनेको छिमेकीले किरिया सकेपछि खबर गरौंला भन्नुभयो । १३ दिनको किरिया सकेपछि खबर गर्यौं । 

प्रहरी कहिले आयो ? 
गत बिहीबार आएर कोठा खोल्यो । 

के भेट्यो कोठामा ? 
केटी साथी र शाकिरामको एउटा फोटो । एउटा लो बेड । पानीको जार । कागजातहअरु पनि थिए । प्रहरीले फोटो र कागजात लग्यो । 

प्रहरीले कोठा खाली गरिदियो ? 
भएका सामानहरु छन् । कोठा भाडा पाइएको छैन । 

कति महिना भयो भाडा नपाएको ? 
दुई महिना । 
 

विशेष