यातनासहित ४ वर्ष कैद भुक्तान गरेका प्रहरी हवल्दार ३० वर्षपछि निर्दोष ठहर
काठमाडौं : पेस्तोल चोरीको आरोपमा यातनासहित ४ वर्ष कैद भुक्तान गरेका तत्कालीन प्रहरी हवल्दार तीन दशकपछि निर्दोष ठहरिएका छन्। २०४४ सालमा जागिरबाट बर्खास्त भएका खुलबहादुर कुँवरलाई गत फागुनमा सर्वोच्च अदालतले निर्दोष ठहर गरेको हो।
सर्वोच्च अदालतले गत साता तयार पारेको फेसलाको पूर्णपाठमा कुँवरलाई बर्खास्त हुँदादेखि अववकाश हुँदासम्मको तलब र त्यसपछिको पेन्सनसमेत दिन सरकारका नाममा दुई महिनाको समयसीमा तोकेको छ। उनीमाथि अन्याय भएको ठहरसहित सर्वोच्च अदालतले फैजदारी न्यायप्रणालीमा स्वच्छ सुनवाइको पालना गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ।
कुँवरले २०३६ फागुन १ गते नेपाल प्रहरीमा जागिर सुरु गरेका थिए। २०४२ असार ३० गते मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र काठमाडौं सरुवा भए। साउन १८ गते हवल्दारमा बढुवा भएर उनी तालिम केन्द्रमै कार्यरत थिए। २०४४ माघमा कोतमा रहेकामध्य दुई रिभल्वर कम भेटियो। उनले तत्काल आफ्नो प्रहरी हाकिम प्रहरी निरीक्षक तुलबहादुर केसीलाई घटनाबारे जानकारी गराए। त्यसपछि कुँवर र कोतका ड्युटीमा खटिएका जवान यज्ञबहादुर केसीलाई क्वाटर गार्डमा थुनियो। थुनामा उनीहरूले यातनासमेत पाए। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।
कैद सर्वोच्च अदालत निर्दोष