मिचिएको जमिनको अवस्था यकिन गर्न सरकारलाई अन्तर्राष्ट्रिय समितिको निर्देशन
काठमाडौं : प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छिमेकी भारतसँग तत्काल कुराकानी गरेर सीमास्तम्भ पुनःस्थापित गर्न र मिचिएको जमिनको अवस्था यकिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
भारतले सीमामा बनाउन लागेको सडक एवं तटबन्धका कारण नदीहरूको प्राकृतिक बहाव रोकिने र बाढीको खतरा झनै बढ्ने विवरण पेस गर्दै सांसदहरूले तत्काल वार्ता थाल्न आग्रह गरेपछि समितिले ५ बुँदे निर्देशन दिएको हो ।
पूर्वप्रधानमन्त्रीसहित गृह, भूमिसुधार र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छलफलमा सांसदले भारतले सीमामा ७ फिट अग्लो र ११ मिटर चौडा सडक पश्चिमबाट सुरु गरेर पूर्वी तराईसम्म विस्तार गर्न लागेको जानकारी गराएका थिए । यसबाट प्रदेश २ का सबैजसो जिल्ला प्रभावित हुनेछन् ।
सीमाक्षेत्रमा भारतले बनाएका संरचनाका कारण थप समस्या उत्पन्न हुने विवरणसहित सांसद महेश्वरजंग गहतराज (अथक) ले छलफलका लागि समितिमा निवेदन दिएका थिए । निवेदनमा भारतले बाँकेबाट रौतहटसम्म एसएसबी सडक बनाउन लागेको र लक्ष्मणपुर बाँध एवं कलकलवा तटबन्धका कारण भविष्यमा बाढीले भयावह रूप लिन सक्ने भन्दै उनले वार्ता थाल्न माग गरेका थिए । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।
अन्तर्राष्ट्रिय समिति