रवि लामिछानेले अब के गर्न पाउँछन् के गर्न पाउँदैनन् ?

रवि लामिछानेले अब के गर्न पाउँछन् के गर्न पाउँदैनन् ?

चितवन । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा धरौटीमा रिहा भएपनि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानले केही शर्त पालना गर्नुपर्ने गरी जिल्ला अदालत चितवनले फैसला गरेको छ । सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछानेले कार्यक्रम चलाउन पाउने भएपनि टिभी कार्यक्रममा पुडासैनी आत्महत्याबारे बोल्न नपाउने फैसला गरेको छ ।

अदालतमा मुद्धा विचाराधीन रहेकाले यसबारे बोल्न अदालतले उनलाई बन्देज लगाएको हो । उनले आफ्नो कार्यक्रम सिधा कुरा जनतासँग भने चलाउन पाउने भएका छन् । अदालतले लामिछानेलाई देश छाड्न अदालतको स्वीकृति लिनुपर्नेछ । अदालतको स्वीकृतिबेगर देश छाड्न नपाउने फैसलामा उल्लेख छ । 
सोमबार जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख धरौटी माग गरेर छाड्न आदेश दिएको हो। उनीसँगै पत्रकार युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता कार्कीलाई साधारण तारेखको आदेश सुनाइएको छ।


सोमबार भएको थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए। 

थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेर रिहा गरेको हो । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ ।

संम्बधित खबर

विशेष