News

आत्महत्या दुरुत्साहनमा एकै वर्षमा १३२ जना हिरासतमाः सेलेब्रिटीको पक्षमा हजारौँको जुलुस, निमुखाको लागि को बोलोस्?

आत्महत्या दुरुत्साहनमा एकै वर्षमा १३२ जना हिरासतमाः सेलेब्रिटीको पक्षमा हजारौँको जुलुस, निमुखाको लागि को बोलोस्?

काठमाडौं । मुलुकी ऐन विस्थापित गरी १ भदौ ०७५ बाट कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताले समेटेको नयाँ मुद्दामध्ये एक थियो– आत्महत्या गर्न दुरुत्साहन । संहिताको परिच्छेद १२ को ज्यान महलअन्तर्गत दफा १८५ मा आत्महत्याका लागि दुरुत्साहन गरे ज्यान मुद्दा चल्ने उल्लेख छ । 
 
आइतबारसम्ममा यससम्बन्धी एक सय ३२ वटा मुद्दा अदालतमा दर्ता भइसकेका छन् । आइतबार माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेलका साथै रुकु ९अस्मिता० कार्कीविरुद्ध मुद्दा दायर भएपछि आत्महत्या दुरुत्साहनबारे बहस सिर्जना भएको छ । यद्यपि, यो मुद्दाको अनुसन्धान र आदेशमा एकरूपता देखिँदैन । प्रहरीले प्रायः ठोस प्रमाणविनै दबाबका भरमा मुद्दा दर्ता गर्ने गरेको देखिन्छ ।

५७८५ आत्महत्या, एक सय ३३ वटा मुद्दा 
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार हरेक दिन औसतमा १५ नेपालीले आत्महत्या गर्छन् । गत आर्थिक वर्षमा पाँच हजार सात सय ८५ जनाले आत्महत्या गरेको थिए । एक वर्षको अवधिमा आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा भने एक सय ३३ वटा मात्र दर्ता भएको छ ।

 यसअघि एक सय ३१ वटा मुद्दा अदालतमा दर्ता भइसकेको थियो । आइतबार सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनाविरुद्ध दायर भएको मुद्दा १३२औँ मुद्दा हो । अर्को एक मुद्दा महानगरीय प्रहरी परिसर ललितपुरमा अनुसन्धानका क्रममा छ । 

प्रहरीका अनुसार यस अवधिमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा आत्महत्या दुरुत्साहनका ३६ वटा मुद्दा दायर भएका छन् । कैलालीमा मात्र १३ मुद्दा दायर भएका छन् । कञ्चनपुरमा ११ तथा बाजुरामा चारवटा आत्महत्या दुरुत्साहनका मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रदेश ५ मा २५, प्रदेश १ मा २५, प्रदेश ३ मा १६, प्रदेश २ मा १२, गण्डकी प्रदेशमा चार तथा कर्णाली प्रदेशमा पाँचवटा मुद्दा दायर भएका छन् । उपत्यकामा ११ वटा यस्ता मुद्दा दर्ता भएका छन् । यो समाचार याँ पत्रिका दैनिकबाट लिइएको हो । 

आत्महत्या

विशेष