आज पहिलोपटक भिडियो कन्फेरेन्समार्फत् मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फेरेन्समार्फत् सामेल हुने गरी आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठका अनुसार प्रधानमन्त्री सिंगापुरमा र मन्त्रीहरु सिंहदरबारमा रहेर दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री ओली उपचारको लागि सिंगापुरमा छन्। गर्नैपर्ने अत्यावश्यक र नियमित काम नरोकिउन भनेर प्रधानमन्त्री विदेशमै रहेको अबस्थामा पनि पहिलोपटक भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
भिडियो कन्फेरेन्समा सिंहदरबारबाट सबै मन्त्री सहभागी हुने र उताबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओली भिडियो कन्फेरेन्सका माध्यमबाट बैठकमा सहभागी हुने भएपछि सरकारले गएको बुधबार मन्त्रिपरिषद् बैठक सञ्चालन विधि समेत परिवर्तन गरेको थियो।