भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक 

भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक 


काठमाडौँ । पहिलो पटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विटरमार्फत भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी दिएका छन् ।

उनले केही तस्वीरसमेत राखेर लेखेका छन् – ‘सिंगापुरदेखि काठमाडौं पहिलो पटक टेलिकन्फ्रेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्दै ।’ । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भिडियो कन्फ्रेन्सका माध्यमबाट जोडेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो ।

सरकारको कार्यसम्पादन नियमावली २०६४ लाई संशोधन गरेर प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला भिडियो कन्फ्रेन्सलगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था हालसालै व्यवस्था गरेको थियो । मन्त्रिपरिषद्का निर्णय भने सञ्चार मन्त्रालयले विहिबार सार्वजनिक गर्नेछ । 

संम्बधित खबर

विशेष