भिडियोबाट मन्त्रिपरिषद् बैठक गर्ने व्यवस्थाप्रति कांग्रेसको कडा आपत्ति

भिडियोबाट मन्त्रिपरिषद् बैठक गर्ने व्यवस्थाप्रति कांग्रेसको कडा आपत्ति


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरेकोमा गम्भीर आपत्ति जनाउँदै आगामी दिनमा नगर्न चेतावनी दिएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसद्हरु उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडलाई बोल्न समय दिनुभएको थियो ।

प्रमुख सचेतक बालकृष्ण खाँडले उच्च र आधुनिक प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो भएपनि मन्त्रिपरिषद् बैठक भिडियोबाट गर्ने कुरा मान्य नहुने बताए । उनले भने –‘‘प्रधानमन्त्री र मन्त्री सिंहदरबार र काठमाडौँमा उपलब्ध नभएपनि भिडियोबाट मन्त्रिपरिषद् गर्न मिल्ने काम बिल्कुलै मान्य हुन्न । प्रधानमन्त्री र मन्त्रीहरुले गोपनीयताको सपथपछि कार्यभार सम्हाल्नुपर्छ । यसमा त गोपनीयता लिक हुने सम्भावना रहन्छ । ’’

मन्त्रिपरिषद् बैठक सञ्चालन कार्यविधि संसोधन गरिएको प्रति पनि कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । खाँडले कार्यविधिमा भएको संसोधन अबिलम्ब संसोधन गरेर पूर्ववर्ती अवस्थामा नै लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री बाहिर जाँदा कार्यभार सम्हाल्ने गरि कार्यवाहक प्रधानमन्त्री तोकिएकाले भिडियोबाट प्रधानमन्त्री नै कार्यरत हुन खोजेको उनको भनाइ छ ।

उनले भने –‘‘प्रधानमन्त्री नहुँदा भिडियो कन्फ्रेन्सबाट भिडियो बैठक नहुने हो भने सभामुख नहुँदा बैठक सञ्चालन हुन्छ ? राष्ट्रिय सभा अध्यक्ष विदेश जाँदा भिडियोबाट गर्न मिल्छ ? कार्यविधि बद्लिएर मन्त्रिपरिषद् बैठक बसाल्ने संशोधन पूर्ववर्ती झैँ होस् । यसले प्रविधिको सदुपयोग हुन्न दुरुपयोग हुन्छ । ’’

संम्बधित खबर

विशेष