News

लामिछानेको समर्थन गर्दा पक्राउ परेकाहरु रिहा 

लामिछानेको समर्थन गर्दा पक्राउ परेकाहरु रिहा 


चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जना पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका ४८ जनालाई आज रिहा भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न शुरु गरिएको हो ।


टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने, दीपक कँडेल र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको विरोधमा चितवनमा प्रदर्शनमा उत्रिएकालाई प्रहरीले पक्राउ गरेको थियो ।

लामिछानेसहित अन्य दुई सोमबार रिहा भएपछि अन्यलाई पनि आफन्तको जिम्मा लगाउँदै छाडिएको प्रहरी नायब उपरिक्षक कोइरालाले बताए । 

रवि लामिछाने

विशेष