News

ट्रकले भत्काएको अरुण खोलाको पुल बन्यो 

ट्रकले भत्काएको अरुण खोलाको पुल बन्यो 

नवलपरासी । पूर्वि नवलपरासीको अरुण खोलामा भाँचिएको पुल मर्मत भएको छ । मर्मतसँगै पूर्णरूपमा यातायात पुलबाटै सञ्चालन गरिएको हो । सडक डिभिजन कार्यालय बुटवलको प्राविधिक टोलीले पुल भाँचिएको १३ औँ दिनमा मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याएको हो।

अरुणखोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनकबहादुर बुढाका अनुसार पुल मर्मतको काम पूर्ण रूपमा सम्पन्न भएसँगै गएरातिबाट दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको हो । 

गत साउन २९ गते ट्रक पुलमा  ठोक्किँदा पुल करीब डेढमिटर लच्किएको थियो । पुलमा क्षति पुग्दा यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको थियो। वैकल्पिक बाटोका रूपमा बनाइएको ‘डाइभर्सन’ भरपर्दो नहुँदा यात्रुले सास्ती पाएका थिए । पुल भाँचिदा बनाइएको ‘डाइभर्सन’ पानीले बगाउँदा यातायात सञ्चालनमा समस्या भएको थियो। 

नवलपरासी अरुण खोला

विशेष