संविधान दिवसमा घर घरमा राष्ट्रिय झण्डा फहराइने
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्ने उद्देश्यले आसन्न संविधान दिवसमा घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको छ । संविधान दिवसको मूल समारोह समिति अन्तर्गत गठित प्रचारप्रसार उपसमितिको बुधबार बसेको बैठकले राष्ट्रिय झण्डा र राष्ट्रियतालाई केन्द्रमा राखी संविधानको महत्व झल्काइने जानकारी दिइएको हो ।
सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्देशिका समेत परिवर्तन गरेको छ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाइन्छ ।