फास्ट ट्र्याकको लागत १ खर्ब ५५ अर्ब
काठमाडौँ । नेपाली सेनाले काठमाडौं – तराई द्रुत मार्गफास्ट ट्रयाक साँढे ३ वर्ष भित्र सम्पन्न गर्ने जनाएको छ । द्रुत मार्गको हालसम्म ८ प्रतिशत मात्र काम सम्पन्न भएकाे छ । बुधबार पत्रकार सम्मेलन गरी नेपाली सेनाले विस्तृत आयोजना प्रतिवेदन वमोजिम कुल लागत १ खर्ब ५५ अर्व रुपैयाँ लाग्ने जानकारी दिएकाे हाे ।
अन्तर्राष्ट्रिय परामर्शदाताबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन डिपिआरमा आयोजनामा निर्माण हुने सम्पुर्ण संरचनाहरुको मात्र लागत अनुमान गरिएको छ । निर्माणको समयमा आउने विविध र भैपरि खर्च सरकारले उपलब्ध गराउने पनि नेपाली सेनाले बताएको छ ।
द्रुत मार्ग खोकनाबाट सुरु भई बाराको निजगढ सम्म ७२ दशमलव ५ किलोमिटरको ४ लेनको बाटो निर्माण हुनेछ । जसमा पहाडी भुभागमा २५ मिटर र समथरमा २७ मिटर चौडाको बाटो निर्माण हुने छ । यसअघिको डिपिआरको भन्दा ३ दशमलब ७० किलोमिटर सडक लम्बाई कमि हुनेछ ।
यस मार्गमा बन्ने ८७ पुल मध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाईने भएको छ । फास्ट ट्र्याकमा ३ वटा सुरुङ्ग मार्ग बन्ने भएको छ ।