News

‘हाफ पाइन्ट’ लगाएर मेयरलाई भेट्न नपाइने

‘हाफ पाइन्ट’ लगाएर मेयरलाई भेट्न नपाइने

काठमाडौंः कीर्तिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ । नगरपालिकाले भेटघाटलाई शिष्ट बनाउन मर्यादित पोशाक लगाएर आउन अनुरोध गरेको छ । 

नगरपालिकाले पोसाकसँगै व्यक्तिगत कामका लागि भेट्न आउनेलाई २ बजेपछि समय तोकेको छ । हाफ पाइन्ट तथा भड्किलो लुगा लगाएर आउने क्रम बढेपछि यस्तो सूचना निकाल्नुपरेको नगरप्रमुख रमेश महर्जनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । 

कीर्तिपुर नगरपालिका हाफ पाइन्ट भड्किलो लुगा

विशेष