News

लिटिल एन्जलका मालिकले हैरान नै पारे, तीन सय रोपनी जमिन पनि हडपे 

लिटिल एन्जलका मालिकले हैरान नै पारे, तीन सय रोपनी जमिन पनि हडपे 

काठमाडौं । अख्तियार पदाधिकारी हुन् कि कर्मचारी, बदमासी गरे कोही बाँकी नरहने दृष्टान्त त छन् । तर, अझै पनि अख्तियारभित्रैबाट बद्मासी र चलखेलका समाचार आउँदैछन् । 

दक्षिणबाट उत्तरतर्फ बग्ने नेपालको एकमात्रै खोला हो, कर्मनासा । ललितपुर –२८, २ , ९ र ३० हुँदै बग्ने यो खोला, त्यसको किनारा र बगर मध्ये तीन सय रोपनी जमिन लिटिल एञ्जल्सका स्कुलका मालिक उमेश श्रेष्ठले व्यक्तिका नाममा दर्ता गराएका छन् । 

०७३ सालमै उपत्यका विकास प्राधिकरणका योगेशकृष्ण पराजुली, उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डे, जिविस ललितपुरका स्थानीय विकास अधिकारी पशुपति पोखरेल र मालपोत प्रमुख नारायणप्रसाद आचार्यसमेतलाई प्रतिवादी बनाएर अख्तियारमा परेको उजुरी लामो समयदेखि तामेलीमा छ । त्यसमाथि अहिले उमेश श्रेष्ठले तीन सय रोपनी जमिन आफ्नो र नातेदारको स्वामीत्वमा ल्याएपछि सरोकारवाला हेरेका हेरैछन् । 
न अख्तियारले मुद्दा हेर्छ न महानगरले बोल्छ । 

पत्ता लाग्यो, अख्तियारका प्रमुख आयुक्तको सचिवालयभित्रै उमेशको पहुँच छ । त्यहाँ कार्यरत प्रमुख आयुक्तका एकजना सहयोगीले भित्रबाट भूमिका खेल्ने, बाहिरतिर प्रमुख आयुक्तको नातेदारसमेत रहेका प्रहरीका भूपुडिआइजी ठाउँठाउँमा मिटिङ गर्दै गर्दै हिँड्ने । 

जनआस्था साप्ताहिकबाट 
 

विशेष