News

मेयर र उपमेयरबीच बोलचालै बन्द, जनताका समस्या ज्यूँका त्यूँ

मेयर र उपमेयरबीच बोलचालै बन्द, जनताका समस्या ज्यूँका त्यूँ

रौतहट । स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जनताले आफ्ना काम अब सजिलै बन्छन् भनेर आशा गरे । तर जोसँग आशा गरेको थियो, उनीहरु नै मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहाँ रह्यो? यस्तै अवस्था छ, रौतहटका स्थानीय तहमा । 

यहाँका धेरैजसो तहमा प्रमुख–उपप्रमुखबीच मनमुटाव छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष विवादले कामकारबाही सहजरुपमा अघि बढ्न सकेको छैनन् । समस्या ज्यूँका त्यूँ छन् । नगरपालिकामा पनि प्रमुख मेयर–उपमेयरबीच बोलचाल छैन । 

त्यसले नगरका कामकारवाही चुस्तदुरुस्त रुपमा अघि बढ्ने कुरै भएन । त्यसकाे उदाहरण हाे, राैतहटकाे राजदेवी नगरपालिकाकाे मयर धिरेन्द्र सिंह र उपमेयर अंशु सिंहबीचको विवाद । उनीहरुबीच बोलचाल छैन । मेयर–उपमेयर तनावले न्यायिक समितिका काम ठप्प छन् ।

समितिलाई मेयरले अहसयोग उपमेयर सिंहको आरोप छ । ‘मेयरले सबै काममा एकलौटी गर्न खोज्छन् । विकास निर्माणको काममा पनि बाइपास गर्छन्, ‘उनले भनिन्, ‘मिलेर जाऊँभन्दा एक्ल्याउन खोजेपछि बाध्य भएर विरोधमा उत्रिएकी हुँ ।’ यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

रौतहट बोलचाल

विशेष