विदेश विचित्र विश्व

वैवाहिक प्रमाणपत्रमा बेहुलीले ‘भर्जिन’ लेख्नु नपर्ने

वैवाहिक प्रमाणपत्रमा बेहुलीले ‘भर्जिन’ लेख्नु नपर्ने

काठमाडौं । बंगलादेशको उच्च अदालतले महिलाको वैवाहिक प्रमाणपत्रबाट ‘भर्जिन’ शब्द हटाउन आदेश दिएको छ। सट्टामा अब अविवाहित लेख्नुपर्ने भएको छ।

यसअघि वैवाहिक प्रमाणपत्रका हकमा भर्जिन विधवा वा पारपाचुकेमध्ये एउटा चिन्ह लगाउने पर्नेथियो। विधवा र पारपाचुके भने कायम राखिएको छ।

अदालतले ‘भर्जिन’ शब्द अपमानजनक र विभेदकारीसमेत भनेको छ। यसबाट गोपनियताको हक उल्लंघन भएको पनि ठहर छ ।

यसका लागि मानवअधिकारवादीले आवाज उठाउँदै आएका थिए। बंगादेशको १६ करोड ८० लाख जनसंख्यामध्ये ९० प्रतिशत मुस्लिम छन्। यो खबर अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ । 

बंगलादेश भर्जिन

विशेष